सुनचाँदीको मूल्य थप घट्यो, यस्तो छ आजको भाउ


 


काठमाडौं, असार ३०
बजारमा आज सुनचाँदीको मूल्य थप घटेको छ । आज सुन प्रतितोला ५७ हजार रुपैयाँमा झरेको छ । शुक्रबार सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय सात सय ५० रुपैयाँ कायम भएको छ । चाँदी शुक्रबार प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३१ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्