जल यातायात संचालनबारे भारतसँग छलफल


 


काठमाण्डौँ, असार ३१

नेपाल–भारतबीच नेपालमा जल यातायात संचालनबारे छलफल सुरु भएको छ। नेपाल–भारतबीच नेपालमा जल यातायात संचालनबारे ठोस कार्य योजना बनाउने उद्देश्यका साथ आइतबारबाट काठमाडौंमा सहसचिव स्तरीय छलफल सुरु भएको हो।

नेपालको कोशी, गण्डक वा नारायणी मध्ये एक नदीमा तत्काल जल यातायात संचालन हुने गरी द्विपक्षीय छलफल सुरु गरिएको जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव माधव बेल्बासेले जानकारी दिए। उनले बैठकमा भारतीय पक्षले नेपालमा जल यातायात संचालनका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दुई पक्षीय छलफल गरी नेपालमा जल यातायात संचालनको कामलाई अघि बढाउने सहमति गरिएको थियो। सोही सहमतिलाई कार्यान्वयनमा लैजाने गरी जल यातायात क्षेत्रको समग्र पक्षको अध्ययन गर्न द्विपक्षीय छलफल सुरु गरिएको हो।

प्रकाशित मिति: ३१ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्