पौडी खेल्ने क्रममा डुबेर मृत्यु


 


मोरङ, असार ३०

मोरङको पथरीशनिश्चरे नगरपालिका –१ स्थित सिमसारमा पौडी खेल्ने क्रममा डुबेर आज दिउँसो एक जनाको मृत्यु भएको छ । स्थानीय भुल्के सिमसारको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँका ४५ बर्षिय भुपाल धिमाल गम्भीर बन्नुभएको थियो ।

उहाँलाई उपचारका लागी पथरी अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रकाशित मिति: ३० असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्