प्रतिनिधिसभा सांसद राना आफ्नै क्षेत्रमा अपमानित


 


धनगढी, असार ३०
कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सांसद नारदमूनि रानालाई अपमान गरिएको छ ।

संघीय सरकारका संस्कृति तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारीको प्रमुख आतिथ्यमा शनिबार अपह्रान्ह धनगढी विमानस्थलमा आयोजित एक कार्यक्रममा प्रदेश मन्त्री भन्दा तलको मर्यादाक्रममा राखेर अपमान गरिएको हो ।

प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको छलफल कार्यक्रममा प्रदेश पर्यटन मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री दिर्घ सोडारी भन्दा तल राखिएको थियो ।

प्रदेश मन्त्री भट्ट र सोडारीलाई विशिष्ट अतिथीमा प्रमुख अतिथी मन्त्री अधिकारीसंगै राखिएको थियो भने मर्यादाक्रममा माथि रहेका सांसद रानालाई दर्शक दिर्घामा राखिएको थियो ।

कार्यक्रममा आसनग्रहण पनि मन्त्री भट्ट र सोडारी पछि गराइएको थियो भने मन्तव्य राख्नेक्रममा पनि सोहीअनुसार गरिएको थियो । म

र्यादाक्रममा प्रदेश मन्त्रीभन्दा तल राखिएपछि प्रतिनिसभा सांसद रानाले सोही कार्यक्रममा मन्तव्य राख्नेक्रममा आफ्नै क्षेत्रमा अपमान भएको बताएका छन् । ‘केन्द्रमा धनगढी विमानस्थल स्तरोन्नतीका लागि भूमिका खेल्न लड्छु’ उनले भने, ‘अहिले आएर सोही विषयमा छलफल हुँदै सार्वजनिक स्थलमै मलाई अपमान गर्ने काम भयो ।’

यस्तो छ मर्यादाक्रम
नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रमअनुसार प्रदेश मन्त्रीलाई प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य भन्दा दुई नम्बर तल राखिएको छ ।

प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य आठौं नम्बरमा राखिएको छ भने प्रदेश मन्त्रीलाई १० औं नम्बरमा राखिएको छ ।

 

प्रकाशित मिति: ३० असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्