पाकिस्तानमा यसरी भड्किदैछ हिंसा, एकै दिन २० को मृत्यु


 


इस्लामावाद, असार ३०
निर्वाचनको दिन नजिकिदै गर्दा पाकिस्तानमा दिनप्रतिदिन हिंसाका घटनामा बृद्धि हुदै गएका छन् । शुक्रबार भएका दुई छुट्टा छुट्टै घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु ५० भन्दा बढी घाइते भएका छन् ।

बलुचिस्तान प्रान्तमा भएको चुनावी र्यालीमा भएको बम आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

सो घटनामा मात्रै अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् । यो एकैदिनमा भएको दोस्रो आक्रमण हो । शुक्रबार यस पहिले पाख्तुङखवा प्रान्तमा पनि आक्रमण भएको र उक्त आक्रमणमा कम्तीमा ११ जना घाइते भएका थिए ।

आसन्न निर्वाचनको प्रचार प्रसारका लागि आयोजित कार्यक्रममा सहभागीलाई लक्षित गरेर भएको आक्रमणमा उनीहरु घाइते भएका हुन् ।

“ बलुचिस्तान घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ, मृत्यु हुनेहरुको संख्या अझ पनि बढ्न सक्छ की भनेर हामीलाई डर लागेको छ,” प्रान्तीय गृह मन्त्री अघौमर बुङगाल्जाईले भन्नुभयो ।

अरु ४० जना घाइतेसमेत हुनेगरी भएको घटना बलुचिन्तान प्रान्तको राजधानी क्वेटा देखि नजिकै पर्ने मस्टुङ सहरमा भएको पनि उहाँले जानकारी दिनुभयो । रासस÷सिन्ह्वा

प्रकाशित मिति: ३० असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्