धनकुटामा कुटपिटबाट बृद्धाको ज्यान गयो


 


धनकुटा, असार ३०

धनकुटाको छथर जोरपाटी गाउँपालिका – ५ परेवादिनमा एक बृद्धाको कुटपिटबाट हिजो साँझ मृत्यु भएको छ । हिजो बिहान घरमा कोहि पनि नभएको समयमा ६० बर्षिया नरमाया लिम्वुलाई सोही ठाउँ बस्ने १९ बर्षिय रोहित लिम्वु र १६ बर्षिय शुक्रराज लिम्वुले कुटपिट गरी बृद्धाको साथमा भएको डेढ तोला सुनको गहना लुटेर भागेका थिए ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी सिधुवाबाट खटिएको टोलीले घटनामा संलग्न दुबै जनालाई गहनासहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

कुटपिटबाट गम्भीर घाईते बृद्धालाई उपचारकालागी धरानस्थित विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान ल्याईएकोमा उपचारका क्रममा साँझ पौने ८ बजे मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३० असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्