सेना फिर्ता गर्न तीन दल सहमत


 


काठमाडौं, असोज ७

आन्दोलनकारीले भन्दै आएको वार्ताको वातावरण बनाउन सेना फिर्ताहुनुपर्ने मागका सम्बन्धमा तीन दल लचिलो भएका छन्। वार्ता टोली गठन गर्ने, सेना फिर्ता र आन्दोलनरत पक्षलाई आन्दोलन फिर्ता लिन आह्वान गर्नेलगायतका विषयमा निर्णय गर्न प्रमुख तीन दलको बैठक आज दुई बजे पुन बैठक बस्ने सहमति भएको छ।

प्रमुख तीन दलले  मधेसी मोर्चा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिलगायत आन्दोलनरत पक्षसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने सैद्धान्तिक सहमति गरेको छ। बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल महामन्त्री कृष्ण सिटौला, एमाले अध्यक्ष केपी ओली, उपाध्यक्षद्वय बामदेव गौतम र विद्या भण्डारी र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता सहभागी थिए।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठकले आन्दोलनरत पक्षसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने सैद्धान्तिक सहमति गरेको छ। बैठकमा आन्दोलनरत पक्षलाई निश्चित अवधि तोकेर आन्दोलनका कार्यक्रम फिर्ता दिइ वार्तामा आउन आग्रह गर्ने सहमति भएको छ। आन्दोलनकारीले भन्दै आएको वार्ताको वातावरण बनाउन सेना फिर्ताहुनुपर्ने मागका सम्बन्धमा तीन दल लचिलो भएका छन्।

प्रकाशित मिति: ७ आश्विन २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्