आवासीय चिकित्सकहरु हडतालमा


 


काठमाडौं, असार २९

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जका आवासीय चिकित्सकहरु हडतालमा उत्रेका छन् । १४ दिनदेखि आमरण अनशनरत डा। गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनीहरु आजदेखि हडतालमा उत्रेका हुन् ।

डा केसी जुम्लामा १४ दिनदेखि अनशनरत रहे पनि माग सम्बोधनमा सरकार उदासीन भएको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रेका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनले सरकारी रवैयाका कारण आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने कठोर बाटो रोज्नु परेको जनाएको हो ।

उता, डा केसीको स्वास्थ्य अवस्था भने दिन प्रतिदिन कमजोर बन्दै गइरहेको छ ।

प्रकाशित मिति: २९ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्