बाजुरामा ४ रिक्टरको भूकम्प, सदरमुकाममा होहल्ला मच्चियो


 


बाजुरा असार २९

बाजुरामा अाज बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ ।

भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गर्नुभयो ।

भूकम्प गएपछि सदरमुकामका बांसिन्दाले होहल्ला मच्चाएका थिए । रासस

प्रकाशित मिति: २९ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्