संसदीय दलको नेतामा महतो कि ठाकुर ? यस्तो छ आँकलन


 


काठमाडौं, असार २९
प्रतिनिधिसभा निर्वाचन भएको सात महिनापछि आगामी शनिबार राष्ट्रिय जनता पार्टी संसदीय दलको नेताको चुनाव हुने भएको छ। शनिबार संसदीय दलको नेता चयन हुने कार्यक्रम छ। सहमतिबाटै नेता चयन गर्ने प्रयास गरिदैछ ।

संसदीय दलको नेतामा निर्वाचित हुन अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले उम्मेदवारी दिने तयारी गरेको स्रोतको भनाइ छ। तर, यसबारेमा दुवै नेताले औपचारिक रूपमा बोलेका छैनन्। स्रोतका अनुसार दुवै नेता सहमतिबाटै चुनाव गराउने प्रयासमा छन्।

पार्टी संसदीय दलको नेतामा निर्वाचित हुने व्यक्ति राजपाको आगामी महाधिवेशनमा पार्टी अध्यक्ष हुने सम्भावना बढी भएकाले पनि संसदीय दलको नेतामा निर्वाचित हुन दुवै नेताले लबिङ सुरू गरेका हुन्। नागरिकमा खबर छ ।

आगामी वैशाखमा राजापाको पहिलो महाधिवेशन हुँदैछ। प्रतिनिधिसभामा राजपाका १७ सांसद छन्। स्रोतका अनुसार संसदीय दलको नेतामा ठाकुरलाई निर्वाचित गर्ने कि महतोलाई भन्ने विषयमा अध्यक्ष मण्डलका सदस्य नै विभाजित छन्।

चुनाव भएमा महतोको पक्षमा बढी मत आउने महतोनिकट नेताहरू दाबी गर्छन् भने वरिष्ठताका कारण ठाकुरको स्थिति मजबुत रहने ठाकुरनिकट नेताहरूको भनाइ छ।

प्रकाशित मिति: २९ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्