बाढीपहिरो पीडितलाई राहत दिन सरकारलाई ध्यानाकर्षण


 


काठमाडौँ, असार २८

देशव्यापीरुपमा बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको, यातायात आवागमन अवरुद्ध भएको भन्दै तत्काल राहत तथा उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले गत वर्ष नै विपद् व्यवस्थापनसम्बन्धी ऐन आए पनि हालसम्म नियमावली बन्न नसक्दा कार्यान्वयनमा आउन नसकेको गुनासो गर्नुभयो ।

राजधानीमा नै अविरल वर्षाका कारण दर्जनौँ बस्ती डुबानमा परेको, नागरिकको ज्यान गएको, पुल पुलेसा बगाएकाले विपद् व्यवस्थापनका लागि सरकारी तथा गैरसरकारी निकायलाई उचितरुपमा परिचालन गर्न सरकारलाई सुझाव दिनुभयो ।

वर्षाका कारण राजमार्ग अवरुद्ध भएको, वर्षाको फोहर पानीका कारण महामारी फैलन सक्ने भएकाले समयमा नै सचेतता अपनाउन सांसदहरुले अनुरोध गर्नुभयो । रासस

प्रकाशित मिति: २८ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्