विश्व साइकल यात्री लोकबन्धु किशोरी बलात्कार आरोपमा पक्राउ, जागिरको प्रलोभनमा डेढ महिनासम्म बलात्कार


 


काठमाडौं, असार २७
विश्व साइकल यात्री ४१ वर्षीय कार्की लोकबन्धु कार्की १७ वर्षीया एक किशोरी बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

मोरङकी एक किशोरीलाई नाता पर्ने १७ वर्षीया किशोरीलाई काठमाडौं टोखास्थित आफ्नै ट्राभल एजेन्सी ग्रान्ड काउन्सलिङ सर्भिसमा रिसेप्सनको काम लगाइदिन्छु भन्दै काठमाडौं ल्याएर यौन शोषण गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । काठमाडौं ल्याएको एक हप्तादेखि नै आफूलाई बलात्कार गर्दै आएको पीडित किशोरीले बताएकी छन् ।

अफिसमै खान, बस्न दिएर मासिक ७ हजार रुपैयाँ दिने शर्तमा काठमाडौं ल्याएपनि त्यसको नाममा बलात्कार भएको पीडित किशोरीको आरोप छ । उनले यसबारे कसैलाई भने मार्ने धम्कीसमेत दिने गरेको बताएकी छन् ।

बाबुआमा भेट्न आएको बेला किशोरीले आफू पटक–पटक बलात्कृत भएको बताएपछि छोरीको न्यायका लागि उनका बुबाआमाले नै यही असार १३ गते उजुरी दिएका हुन् ।

आर्थिक अवस्था कमजोर भएका किशोरीका बाबुआमा काठमाडौंकै एक रिसोर्टमा काम गर्छन् । अभिभावकले छोरीलाई किन यस्तो गरेको भनेपछि कार्कीले आफूले गल्ती गरेको भन्दै विभिन्न आश्वासन दिएको पीडित परिवारले बताएको छ ।

कार्कीले पीडित युवतीकी आमाले छोरीलाई गरगहना बनाइदिने, केटा खोजेर विवाह गरिदिने भन्दै घटना बाहिर नल्याउन दबाब दिएको बताइएको कछ । कार्कीका श्रीमती, एक छोरा र एक छोरी झापामै छन् ।

प्रकाशित मिति: २७ असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्