चीनलाई दिने गैँडा भद्र र रुपसी काठमाडौंमा, अर्को वर्ष पनि दिइने


 


काठमाडौं, असार २७
नेपाल सरकारले चीनलाई उपहारस्वरूप दिन लागेका एकजोडी गैँडालाई काठमाडौं पठाइएको छ । काठको खोरभित्र राखिएका गैँडालाई स्काभेटरको सहायताले ट्रकमा राखेर मंगलबार काठमाडौं पुर्याइएको हो । नागरिकमा खबर छ ।

२८ असारमा गैँडालाई विशेष कार्गो एयरमार्फत चीन पठाइनेछ । चीनलाई दुई जोडी गैँडा पठाउने सरकारको निर्णयअन्तर्गत पहिलो चरणमा डेढ वर्षको भद्र र दुई वर्षकी रूपसी पठाउन लागिएको हो ।

गैँडासँगै दुई चिकित्सक, तीन अन्य प्राविधिकसहित १४ जनाको टोली चीन जाँदै छ । एक वर्षमा एक जोडी मात्रै पठाउन मिल्ने कानुनी व्यवस्था रहेकाले अर्को एक जोडी गैँडालाई अर्को वर्ष मात्रै पठाइने छ ।

प्रकाशित मिति: २७ असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्