उपत्यका बाहिर मेडिकल कलेज खोल्न नचाहेको आरोप


 


काठमाडौँ, असार २६

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले काठमाडौं उपत्यका बाहिर मेडिकल कलेज खोल्न नचाहेको आरोप लगाएको छ । कांग्रेस सांसद राधेश्याम अधिकारीले सरकारलाई काठमाडौं उपत्यका भित्र १० वटा भन्दा बढी मेडिकल कलेज खोल्न दिने गरी ल्याएको विधेयकको औचित्य पुष्टि गरेर देखाउन पनि चेतावनी दिनुभयो ।

आज राष्ट्रियसभाको बैठकमा बोल्दै उहाँले क्षेत्रीय सन्तुलनको आधारमा सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने कि नगर्ने स्पष्ट पार्नु पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । सांसद अधिकारीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि मेडिकल कलेज खोल्न सम्बन्धन दिन पाउने व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद अधिकारीले वरिष्ठ चिकित्सक गोविन्द केसीले सबै नागरिकको मेडिकल कलेजमा सहज पहुँच पुगोस् भनेर गरेको आन्दोलनलाई निस्तेज पार्न खोजको भन्दै आपत्ति पनि जनाउनुभयो ।

प्रकाशित मिति: २६ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्