सट्टेबाजी खेलाउने तीन जना ज्याठाबाट पक्राउ


 


काठमाडौं, असार २६
विश्वकप फुटबलमा सट्टेबाजी खेलाएको आरोपमा काठमाडौं प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्रेको छ ।

लाखको सट्टाबाजी लगाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले ४ उनीहरुलाई काठमाडौंको ज्याठाबाट पक्राउ गरेको हो ।

प्रहरीले मनाङ निसाङ गाउँपालिका–७ का ४२ वर्षीय मुखिया लामा, २४ वर्षीय सुवास गुरुङ र ३३ वर्षीय मुखिया गुरुङलाई पक्राउ गरेको छ ।
उनीहरूमाथि सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरि अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति: २६ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्