राजपाले संसदीय दल सम्बन्धी विधान आज टुंग्याउँदै


 


काठमाडौँ, असार २६

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दल सम्बन्धी विधानलाई आज औंपचारिक रुपमा टुंग्याउने भएको छ । सिंहदरबारमा हिजो बसेको राजपा संसदीय दलको बैठकले विधानको मस्यौदा उपर छलफल गरी सांसदहरुको थप राय सुझाव लिएर विधानलाई आज पारित गर्ने निर्णय गरेको हो ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बैठकमा विधानको मस्यौदाबारे छलफल भएको र आज १२ बजेसम्म विधानबारे केही सुझाव भएमा पार्टीमा बुझाउन समय दिएको बताउनुभयो ।

राजपाले संसदीय दलको विधानलाई आज टुंगो लगाएर दलको नेता चयन गर्न निर्वाचनको मिति घोषणा गर्नेछ । राजपाका प्रतिनिधिसभामा १७ र राष्ट्रिय सभामा दुई सांसद हुनुहुन्छ । जम्मा १९ सांसदमध्ये एक रेशम चौधरीको मुद्दा नटुंगिएकाले उहाँ अहिले सांसदको हैसियतमा हुनुहुन्न ।

प्रकाशित मिति: २६ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्