झापामा सवारी दुर्घटनामा दुईको मृत्यु


 


झापा, असार २६

झापाको बेग्लाबेग्लै स्थानमा गएराती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–६ डाँगीबारी भित्री सडकमा मे १ प २९४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलका चालक अन्दाजी ४० वर्षीय सेनकुवा राजवंशीको मृत्यु भएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले कुकुरलाई जोगाउन खोज्दा राती ११ बजेतिर दुर्घटना हुँदा राजवंशीको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि बिएनसी अस्पताल लगिएकोमा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ ।

यसैगरी शिवसतासी नगरपालिका–८ झिलझिलेमा मे ५ प ६८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएर भारत बिरपुर घर भई सोही ठाउँको समिर ग्यारेजमा मिस्त्री काम गर्ने १९ वर्षीय मोहमद सहनीको मृत्यु भएको छ । सहनीलाई राती ९ बजे बाटो काट्नेक्रममा मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सहनीको उपचारका क्रममा विएनसी अस्पताल विर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । ठक्कर दिने मोटरसाइकलका र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २६ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्