प्रचण्डलाई उत्तर कोरियाको निम्तो, यस्तो छ खास कारण


 


काठमाडौं, असार २६
उत्तर कोरियाको सत्तारुढ दल वर्कर्स पार्टीले उत्तर कोरिया स्थापनाको ७७ औं वर्षको अवसरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भ्रमणको निम्तिो दिएको छ ।

नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ हकले उत्तर कोरिया स्थापनाको ७७औँ वर्षगाँठका अवसरमा २४ भदौका लागि निमन्त्रणा गरेका हुन् ।

उत्तर कोरियाली राजदूत हकले अध्यक्ष प्रचण्डलाई उत्तर कोरियाको भ्रमणका लागि औपचारिक निम्तापत्र हस्तान्तरण गरेको प्रचण्डको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि तत्कालिन एमाले नेताका रुपमा माधव नेपाल उत्तर कोरिया जाँदा सरकारले त्यसको विरोध गरेको थियो ।

प्रकाशित मिति: २६ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्