डा. केसीको मुटुको चाल अस्थिर, अब जुम्लामा उपचार असम्भव


 


काठमाडौं, असार २६
विगत १० दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको मुटुको चाल अस्थीर बन्दै गएको छ । रगतमा म्याग्नेसियम र चिनीको मात्रा घट्दै जाँदा अनशनरत केसीको मुुटुको चालमा गडबडी देखिएको हो।

यस्तो अवस्थामा जटिलता थपिंदै जाँदा हृदय गति बन्द हुन सक्ने खतरा चिकित्सकहरूले औंल्याएका छन्। अन्नपूर्णमा खबर छ ।

सेतो रक्तकोषको कमीले गर्दा अहिले संक्रमणबाट बचाउन उनलाई कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठानको स्पेसल केयर युनिटमा राखिएको छ।

चिकित्सकहरुले उनको अब जुम्लामा उपचार सम्भव नभएकाले जति सक्दो चाँडै काठमाडौंको सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव दिएका छन् ।

उनलाई सबैभन्दा ठूलो खतरा कुनै पनि समय हृदय गति बन्द हुन सक्ने चिकित्सहरुले बताएका छन् । तर, डा. केसीले माग पूरा नभएसम्म जुम्ला छोडेर कतै नजाने बताएका छन् । उनले आफू कर्णालीमै मर्न तयार रहेको बताएका छन् ।

डा. केसीले कर्णालीका नागरिक पनि आफूजस्तै मान्छे भएको यही अस्पतालकै भएरमा रहेकाले मेरो उपचारका लागि मैले यो अस्पातलको विश्वास गर्न सक्ने हुनुपर्ने बताए ।

उनले यहाँ नभएका उपकरण र आवश्यक जनशक्ति सरकारले व्यवस्था गर्नुपर्ने र सरकारले थामथुम पार्दैमा अनशन नरोक्ने अडान लिए।

प्रकाशित मिति: २६ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्