कांग्रेस बचाउन गोविन्द केसी चाहिएको हो ?


 


काठमाण्डौ, असार २५

नेपाल कम्युनिस्ट पार्टीका नेता एवं सांसद योगेश भट्टराईले नेपाली कांग्रेसले डा. गोविन्द केसीको आडमा इमोशनल ब्ल्याकमेल गरेको आरोप लगाउनु भएको छ ।

उहाँले केसी जुम्लामा गएर अनशन बसेको र उहाँलाई कुनै हिरासतमा नराखिएको भन्दै यस्ता प्रस्ताव ल्याएर संसदको समय खेर नफाल्न आग्रह गर्नुभयो। उहाँले विगतमा पनि मेडिकल कलेजहरूलाई सम्बन्धन दिइएको र उनीहरूको जनशक्ति कमजोर भएको बताउनुभयो। उहाँले तिनको पनि छानविन गर्नका लागि संसदीय समिति गठन गर्नुपर्ने बताउनुभयो।

उहाँले नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रस्तुत गरेको सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा सहभागी हुँदै उक्त वक्तव्य दिनुभएको थियो काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्ने कि नखोल्ने भनेर गोविन्द केसीलाई सोध्ने नभएर विकासविद्हरूलाई सोध्ने भट्टराईले बताउनुभयो। उनले नेपाली कांग्रेसले राजनीतिक मुद्दा सकिएपछि गोविन्द केसी, बालकृष्ण ढुंगेल, गंगामाया लगायतलाई देखाएर राजनीति गरिरहेको बताउनुभयो।

प्रकाशित मिति: २५ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्