इन्जिनियर घुससहित कार्यकक्षबाटै पक्राउ


 


जाजरकोट, असार २५
जिल्ला प्राविधिक कार्यालय जाजरकोटका इन्जिनियर अन्जयकुमार देव घुससहित पक्राउ परेका छन् । उनलाई ८० हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

इन्जिनियर देवले साना सिँचाइ आयोजनाको कार्य सम्पन्न प्रतिवेदन बनाइदिने भन्दै उपभोक्ताबाट ८० हजार घुस लिएको खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतबाट खटिएको टोलीले देवलाई सोमबार विहान उनकै कार्यकक्षबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति: २५ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्