गास खोज्न जाँदा लाश भएर आए, जसका दुईवटा श्रीमानबाट पाएका सबै सन्तान गुमे


 


थवाङ, असार २४

थवाङ गाउँपालिका ५ उवाखोलाकी धनपुरी रोकाको काख रित्तिएको छ । दुई श्रीमानबाट गरी चार सन्तानकी आमा रहेकी रोकाले एकैपटक चारै जना सन्तान गुमाउनुपरेको छ ।

पहिलेका श्रीमानबाट जन्मेका कमानसिंह रोका र कर्मजिता (कविता) घर्ती तथा दोस्रो श्रीमानबाट जन्मेका राष्ट्रे रोका र महेश रोकाको मुस्ताङमा भएको टिप्परमा दुर्घटनामा परेर निधन भएपछि उहाँले सम्पूर्ण सन्तान गुमाउनुपरेको हो । नेपाल समाचारपत्रमा खबर छ ।

पहिलेका श्रीमानको निधनपछि धनपुरीले गाउँकै हितबहादुर रोकासँग विवाह गर्नुभएको थियो । अब हितबहादुर रोका पनि सन्तानविहीन हुनुभएको छ ।

प्रकाशित मिति: २४ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्