विजुलीको मूल्य बढाउने भारतको प्रस्तावबारे नेपालले के भन्यो ?


 


काठमाडौं, असार २४
नेपालले भारतबाट आयात गर्दै आएको बिजुलीको मूल्य बढाउन भारतीय पक्षले राखेको प्रस्ताव अस्वीकार गरेको छ ।

नेपाल–भारतबीचको विद्युत आदानप्रदान समिति पावर एक्स्चेन्ज कमिटी को नयाँ दिल्लीमा बिहीबार र शुक्रबार भएको बैठकमा नेपाली पक्षले भारतबाट खरिद गर्दै आएको विद्युतको मूल्य नै पहिल्यै महँगो भएकाले गर्दै त्यसमा वृद्धि गर्न नहुने अडान राखेको हो । कान्तिपुरमा खबर छ ।

भारतका तर्फबाट बिहार विद्युत वितरण कम्पनीले नेपालले आयात गर्ने बिजुलीको मूल्यमा १५ देखि २० प्रतिशत बढाउन प्रस्ताव गरेको छ ।

भारतबाट नेपाल आयात हुने बिजुलीमध्ये ३ सय मेगावाट बिहार विद्युत वितरण कम्पनीमार्फत आउँछ । नेपालले १३२ केभीको प्रसारण लाइनबाट ८।८८ रुपैयाँ, ३३ केभीबाट ९।६ रुपैयाँ र ११ केभीको प्रसारण लाइनबाट १०। ३२ रुपैयाँमा विद्युत खरिद गर्दै आएको छ ।

बिहार विद्युत वितरण कम्पनीले यी तीन किसिमका प्रसारण लाइनबाट नेपालले आयात गर्ने बिजुलीमा १५ देखि २० प्रतिशत मूल्य बढाउन प्रस्ताव गरेको हो ।

प्रकाशित मिति: २४ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्