नेकपाले मासिक करोडौं रुपैयाँ जम्मा गर्ने, यस्तो छ तयारी


 


काठमाडौं, असार २३
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मासिक करोडौं रुपैयाँ जम्मा हुने गरी पार्टी कोष सञ्चालन गर्ने तयारी गरेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भइसके पनि नवगठित पार्टीका नाममा कोष सञ्चालन हुन नसक्दा नेकपाले यस्तो तयारी गरेको हो । नयाँ पत्रिकामा खबर छ ।

नेकपाले पार्टीका संगठित सदस्यहरुबाटै मासिक कम्तीमा ७ करोड रुपैयाँ लेबी उठाएर पार्टी चलाउने तयारी गरेको छ । तत्कालीन एमालेका ४ लाख र माओवादी केन्द्रका करिब ३ लाखसहित ६ महिनाभित्र करिब ७ लाख नेकपाका संगठित सदस्य हुनेछन् ।

प्रकाशित मिति: २३ असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्