देउवा सरकारले दिएको नियुक्ति खारेज गर्ने प्रक्रिया सुरु, क–कसलाई थमाइँदैछ पत्र


 


काठमाडौ, असार २२
शेरबहादुर देउवा सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने निर्णयसंगै सरकारले विवरण संकलनको काम सुरु गरेको छ ।

‘सरकारको निर्णयअनुसार खारेज हुने नियुक्ति मन्त्रिपरिषदमा पठाइने बदर गरिने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

बदर हुने नियुक्तिहरूको विवरण मुख्य सचिव लोकदर्शन रेग्मीले संकलन गर्नेछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णय १५ दिनभित्र कार्यान्वयन गर्ने निर्णय भएको छ ।

प्रवक्ता बाँस्कोटाले १४ भदौदेखि नयाँ सरकार गठनअघि मन्त्रिपरिषदबाट नियुक्त भएका र खुला प्रतिस्पर्धाबाट भएका नियुक्तिहरू पनि खारेज हुने जानकारी दिए । तर, प्रदेश प्रमुखको हकमा भने यो निर्णयले प्रभाव नपोर्न बताइएको छ ।

प्रकाशित मिति: २२ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्