सप्तकोशी नदीमा खतराको संकेतस्वरुप रातोबत्ती


 


सुनसरी, असार २१

पूर्वीपहाडी जिल्लाहरुमा लगातार वर्षा भइरहेका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेतस्वरुप रातोबत्ती बालिएको छ ।

पानीको बहाव बढेपछि सप्तकोसी आसपासका क्षेत्रका वासिन्दाको सुरक्षामा उच्च सर्तकता अपनाइएको छ । सप्तकोसीमा आज बिहानदेखि पानीको बहाव ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नारायाणप्रसाद चिमोरियाले जानकारी दिए ।

पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार ६ क्युसेक पुगेको छ । सप्तकोसीमा प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक पानीको बहाव पुगेपछि खतरा मानिन्छ । अहिले ब्यारेजका ५६ मध्ये २३ ओटामात्र ढोका खोलिएको छ ।

सप्तकोसीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले यस क्षेत्रका वासिन्दाको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको उद्धार टोली तयारी अवस्थामा राखेको जनाएको छ ।

प्रकाशित मिति: २१ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्