मोरङमा बसको ठक्करबाट दुई जनाको मृत्यु


 


मोरङ, असार २१

मोरङको बेलबारी नगरपालिका – ३ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान बसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ६४३५ नम्बरको बसले बिपरीत दिशातर्फ जादै गरेको को २७ प ४१६४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा चालक सुनसरी, इटहरी –१ बस्ने ३८ वर्षिय खगेन्द्र तामाङ र पछाडी सवार भोजपुर, पौवादुम्मा – ५ घर भई हाल मोरङ, उर्लाबारी ३ मा बसोबास गर्दै आएका ३३ वर्षिय जयनारायण तामाङको मृत्यु भएको हो ।

जयनारायणको घटनास्थलमै र चालक खगेन्द्रको उपचारका लागि धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुर्याउने बित्तिकै मृत्यु भएको हो । ठक्कर दिने बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २१ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्