राष्ट्रिय सभामा विनियोजन छलफल शुरु


 


काठमाडौँ, असार २१

राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु पढेर बैठकसमक्ष सुनाउनुभयो ।

सो पत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्, प्रतिनिधिसभा एवं राष्ट्रिय सभाबाट हालै पारित भई गएका विभिन्न विधेयक प्रमाणीकरण गर्नुभएको सम्बन्धी रहेका छन् ।

यसैगरी, आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न आठवटा मन्त्रालयका विभिन्न शीर्षक माथिको छलफल शुरु भयो । ती मन्त्रालयमा वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, खानेपानी, अर्थ, शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक रहेका छन् । रासस

प्रकाशित मिति: २१ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्