सुरक्षा कारबाहीमा २४ तालिबान मारिए, १० सुरक्षाकर्मीको पनि मृत्यु


 


अफगानिस्तान, असार २०

अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा अफगान सरकारी सुरक्षाकर्मीहरुले जारी राखेको सुरक्षा कारबाहीमा कम्तीमा २४ आतङ्ककारी मारिएका छन् ।

अफगान विद्रोहीविरुद्ध भएको कारबाहीमा उनीहरु मारिएको प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार जानकारी दिनुभयो ।

प्रान्तीय राजधानी गजनी शहरको बाहिरी इलाकामा पर्ने मुकार, अजरेस्तान कराबाघलगायतका जिल्लाहरुमा रहेका तालिबान आतङ्ककारी समूहलाई लक्षित गर्दै सो कारबाही भएको थियो ।

स्थल र हवाई कारबाहीमा परी कम्तीमा २४ आतङ्ककारी मारिनुका साथै अन्य कैयौँ घाइते भएका जनाइएको छ । जारी यस कारबाहीका क्रममा १० सुरक्षा अधिकारी मारिएका र केही घाइते भएको समाचारमा उल्लेख छ । रासस÷सिन्ह्वा

प्रकाशित मिति: २१ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्