पानी जहाजका लागि समुद्र जोड्ने यस्तो छ नेपालको सम्भावित बाटो


 


काठमाडौं, असार २१
कर्णाली नदीबाट भारत–उत्तरप्रदेशको बलिया, गण्डकी नदीबाट बिहारको पटना र कोसी नदीबाट बंगालको कारागोला तथा भागलपुर जोड्न सकिने सम्भाव्यता अध्ययनपूर्वको अनुमान छ ।

कारागोलाबाट कोलकाता र हल्दियासम्म पुग्न सकिने अनुमान छ । नयाँ पत्रिकामा खबर छ ।

यसका लागि अध्ययन गर्न ऊर्जा मन्त्रालयले कार्यदल गठन मात्र गरेको छ । यसले कहिले काम गर्छ र के सुझाब दिन्छ, लगानी कति लाग्छ र जहाजले के बोक्छ भन्ने जानकारी नपाई प्रधानमन्त्रीले पुसमा पानीजहाज चल्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति: २१ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्