फिफा विश्वकपः सेमिफाइनलका लागि को–को भिड्दैछन् ?


 


काठमाडौं, असार २०
रुसमा जारी फिफा विश्वकप अन्तरगत प्रि–क्वाटरफाइलनका खेल सकिएका छन् । यससंगै अब विश्वकप उपाधिका लागि ८ राष्ट्र दाबेदारका रुमा रहेका छन् ।

आयोजक रुससहित, उरुग्वे, फ्रान्स, क्रोएसिया, ब्राजिल, बेल्जियम, इङ्ल्याण्ड र स्वीडेन प्रतिस्पर्धामा रहेको छन् । सहभागी ३२ राष्ट्र मध्ये समूह चरणबाटै १६ र अन्तिम १६ बाट ८ गरी २४ टोली बाहिरीएका छन् ।

अब आगामी शुक्रबारदेखि क्टाटरफाइलनका खेल सुरु हुँदैछन् । जसअन्तर्गत शुक्रबार उरुग्वे–फ्रान्स र ब्राजिल–बेल्जियमबीच खेल हुनेछ भने शनिबार स्वीडेन–इङ्ल्याण्ड र रुस–क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल असार ३१ मा हुनेछ ।

प्रकाशित मिति: २० असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्