नेकपाको सचिवालय बैठक बस्दै


 


काठमाण्डौँ, असार २०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी सचिवालयको बैठक आज बस्दैछ । यसअघि प्रधानमन्त्री एवम् पार्टी अधयक्ष केपी शर्मा ओलीको चीन भ्रमण अगाडि असार २ गते सचिवालय वैठक बसेको थियो ।

नेकपाको केन्द्रीय कार्यलयका अनुसार वैठक आज विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको समीक्षा, एकीकृत पार्टीका आन्तरिक काम, शिक्षा विद्येयक, नेताहरुको कार्यविभाजन र संसदीय समिति गठन लगायतका विषयमा बैठकमा छलफल हुनेछ । नेकपाले यस अघि विभिन्न भातृ संगठनहरुको एकताका लागि कार्यदल बनाएको थियो ।

केन्द्रीय कमिटीबाहेक अन्य कमिटीको एकता अगाडि बढेको छैन् । पत्नी सीता दाहालको उपचारमा असार ३ गते सिंगापुर गएका नेकपाका एक अध्यक्ष प्रचण्ड दुई सातापछि आइतवारमात्रै फर्कनुभएको छ ।

प्रकाशित मिति: २० असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्