बोल्न सक्दैनन् डा. केसी, प्रशासनको असहयोग


 


काठमाडौं, असार २०
जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ । चार दिनदेखि अनशनरत केसीको स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सक टोली नै फिर्ता भएपछि उनको स्वास्थ्यमा थप समस्या भएको हो ।

स्थानीय प्रशासनले सहयोग नगरेको भन्दै चिकित्सकसहितको टोलीले उपचार गर्न नसक्ने घोषणा गर्दै सोमबारदेखि केसीको रेखदेख गर्न छोडिसकेको छ ।

प्रशासनले डा. केसीको स्वास्थ्य बिग्रँदै गएको भएपनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थानान्तरण गर्न मानेको छैन । पटक–पटक आग्रह गरे पनि प्रशासनले सहयोग नगरेको चिकित्सकहरूको भनाइ छ ।

कभर्डहलमा विद्युत् नभएकाले आवश्यक परीक्षणका उपकरण जडान गर्न सकिने स्थिति छैन । अहिले डा. केसीको रेखदेखमा भाइ किशोर केसी मात्रै छन् ।

उनकाअनुसार डा. केसी बोल्न सक्ने अवस्था छैन । हातखुट्टा बाउँडिने, सुन्निने, रिँगटा लाग्ने, टाउको दुख्ने र छातीको धड्कन बढ्नेजस्ता समस्या देखिएको छ ।

प्रकाशित मिति: २० असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्