करेन्ट लागेर चार जनाको मृत्यु


 


डोटी असार १९

डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ चाँसी गाउँमा मंगलबार करेन्ट लागेर चार जनाको मृत्यु भएको छ। करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेहरुमा सोही ठाउँका दिपेन्द्र खड्का हर्कबहादुर खड्का,जयन्द्र खड्का,वीरेन्द्र खड्का,रहेको स्थानीय महेन्द्र बहादुर खड्काले जानकारी दिएका छन,बिधुतको पोल गाड्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको  हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले पाँच जनालाई करेन्ट लागेको खबर प्राप्त भएको र प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको बताए।दिपायलबाट दुई घन्टाको दूरीमा भए पनि वर्षाका कारण कच्ची बाटो बिग्रिएकाले प्रहरी घटनास्थल पुग्न ढिलाइ भएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए ।

प्रहरी घटनास्थल पुग्न अझै १ घन्टा लाग्न सक्छ’, उनले भने।

प्रकाशित मिति: १९ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्