स्विडेन अन्तिम ८ मा प्रवेश, फोर्सबर्गको निर्णायक गोल


 


काठमाडौं, असार १९विश्वकप अन्तिम १६ को सातौं खेलमा स्विडेनले स्विट्जरल्यान्डलाई १-० ले हराएको छ ।

स्विडेनका लागि विङर एमिल फोर्सबर्गले निर्णायक गोल गर्न सफल रहे ।

फोर्सबर्गले डिफ्लेक्टेड प्रहारमार्फत टोलीलाई अग्रता दिलाए र सो गोल नै स्विडेनलाई क्वाटरफाइनलमा स्थान सुनिश्चित गर्न पर्याप्त रह्यो । स्विट्जरल्यान्डले खेलको अन्तिम मिनेटमा रातो कार्ड खांदै १० खेलाडीमा सीमित भएको थियो ।

साविक विजेता जर्मनी रहेको समूह ‘एफ’ मा विजेताका रुपमा स्विडेन अन्तिम १६ मा छनोट हुन सफल भएको थियो । अर्को तर्फ, ब्राजिललाई पहिलो खेलमा १-१ को बराबरीमा रोकेको स्विट्जरल्याण्ड समूह ‘ई’ को उपविजेता रहेको थियो ।

यस अघि उरुग्वे, फ्रान्स, रुस, क्रोएसिया, ब्राजिल र बेल्जियमले अन्तिम ८ मा स्थान बनाइसकेका छन् भने पोर्चुगल, अर्जेन्टिना, स्पेन, डेनमार्क, मेक्सिको र जापान बाहिरिएका छन् । अब स्विडेनले क्वाटरफाइनलमा इंग्ल्यान्ड र कोलम्बियाको विजेतासंग भिड्ने छ ।

प्रकाशित मिति: १९ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्