नयाँदिल्लीमा ११ जनाको रहस्यमय मृत्यु प्रकरणः यस्तो थियो ‘मास्टरमाइन्ड’


 


नयाँदिल्ली, असार १९
भारतको राजधानी नयाँदिल्लीको बुराडी सन्तनगर स्थित एक घरमा ११ जनाको रहस्यमय मृत्यु भएपछि यसबारे विभिन्न आँकलन गरिन थालिएको छ । यो घटनाले सबैलाई अचम्मित बनाएको छ ।

घरमा झुण्डिएको अवस्थामा फेला परेका ११ जनामध्ये ललित परिजनोको शरीमा उनको बुवाको आत्मा आउने गरेको स्थानीयले बताएका छन् ।

यसपघि उनले घरका सबैलाई विश्वासमा लिइसकेका थिए । उनकै आदेशमा पूजा पाठ गर्दै भगवान देखिने वाहानामा सबै झण्डिएको खुलासा भएको छ ।

शनिवार मध्येरातमा घरका सबै सदस्यले पहिले पूजा अनुष्ठान गरेका थिए । त्यसपश्चात ११ जना घरको छतमा गएर हात बाँधेर आँखामा पट्टि बाँधेर डोरीमा झुडिए । ललितले यस्तो गर्दा भगवानले मर्न नदिने र आफ्नो दर्शन दिने भनेका थिए ।

मोक्ष प्राप्तिका लागि जीवन त्याग्नु
पुलिसले रजिस्टरमा अलौकिक शक्ति, मोक्षका लागि मृत्यु नै एक द्वार भएको पनि लेखेको भेटिएको छ । मृतकको घरमा यी सबै कुरा लेखेको रजिष्टर फेला परेपछि घटनाबारे खुलासा भएको हो ।

जीवनलाई त्याग्नका लागि झुण्डिनुपर्ने पनि लेखिएको थियो । यी सबै कुरा ललितले पाँच वर्ष अघिदेखि लेख्न सुरु गरेको बताइएको छ ।

भारतीय सेनामा थिए ललितका पिता
भारतीय प्रहरीकाअनुसार ललितका पिता भोपाल दास भाटिया १० वर्षअघिसम्म भारतीय प्रहरीमा थिए । त्यसक्रममै उनको घोडाबाट लडेर मृत्यु भएको थियो ।

ललितको परिवार धार्मिक प्रवृत्तिको थियो । पिताको मृत्युपछि सबैभन्दा कान्छो छोरा ललित कैयौं महिनासम्म मौन व्रत बसेका थिए ।

पूजा गरेपछि पिता जस्तो बन्थे ललित
मौन व्रतपछि ललितले आफै आफ्नो शरीरमा पिताको आत्मा आउने गरेको दाबी गरेका थिए । पूजा गर्ने बेला उनी पिताकै जस्तो व्यवहार गर्थे । जसले गर्दा उनले सबैलाई विश्वासमा लिएका थिए । यस कारणले सबै परिवारले उनले भनेको मान्थे ।

उनले पछि आफूले भनेको कसैले नमाने सजाय समेत दिने गरेका थिए । उनले खाने, बस्ने, सुत्ने समय तय गर्ने गर्थे ।

रजिष्टरमै लेखेअनुसार मृत्यु
प्रहरी अधिकारीहरुका अनुसार ललितले रजिष्टरमा लेखेअनुसार नै परिवारको मृत्यु भएको हुन सक्ने आशंका गरेको छ ।

प्रकाशित मिति: १९ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्