सुनचाँदीको मूल्य फेरि घट्यो, यस्तो छ आजको भाउ


 


काठमाडौं, असार १९
बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा झरेको छ । सुन हिजो ५७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ५५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला सात सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १९ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्