डा. केसीलाई स्वास्थ्यकर्मीले पनि छाडे, चुहिने अध्यारो कोटामा उपचार असम्भव


 


काठमाडौं, असार १९
स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको उपचारमा स्थानीय प्रशासनले सहयोग नगरेको भन्दै उनको उपचारमा खटिएको स्वास्थ्यकर्मीको टोली फिर्ता भएको छ ।

स्वास्थ्यकर्मीले केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको र उनको उपचारका लागि तत्काल सुरक्षित स्थानमा स्थानास्तरण गर्न माग गरेपनि प्रशासनले नमानेपछि उनीहरु फिर्ता भएका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सकहरुको टोली फिर्ता भएपछि अहिले अनशनरतस्थलमा प्रहरी र डा. केसी मात्रै छन् ।

अध्यारो तथा बत्तिको पनि व्यवस्था नभएको चुहिने कोठामा उपचार गर्न असम्भव भएको केसीको उपचारका लागि खटिएको टोलीका संयोजक डा. प्रविण गिरीले बताए ।

प्रकाशित मिति: १९ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्