विश्वकप फुटवलमा आज प्रि–क्वाटरफाईनल सकिँदै


 


काठमाडौं,असार १९

विश्वकप फुटबलमा प्रि–क्वाटरफाईनल अर्थात राउण्ड अफ सिक्सटिनका खेल आज सकिंदैछन् । आज प्रि क्वाटरफाइनलका अन्तिम दुई खेल भएपछि रुसमा जारी विश्वकपको क्वाटरफाईनल समीकरण पूरा हुनेछ ।

आज साँझ पौने ८ बजे सेन्ट पिटर्सवर्गमा स्विडेन र स्विट्जरल्याण्ड भिड्नेछन् । आजै राति पौने १२ बजे इङ्ल्यान्ड र कोलम्बिया भिड्नेछन् । यो खेल रुसी राजधानी मस्कोस्थित स्पार्टाक एरिनामा हुनेछ ।

समूह जी मा रहेको इङ्ल्यान्ड उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो । लेटिन अमेरिकी मुलुक कोलम्बिया समुह एच को विजेता बन्दै राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

 

प्रकाशित मिति: १९ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्