कुन– कुन खोला आसपासमा छ त बाढीको खतरा ?


 


काठमाण्डौ, असार १८

देशका अधिकांश भागमा भारी वर्षा भइरहेको छ । वर्षातका कारण बाढीपहिरोको जोखिम बढेको छ । मौसम विभागले पूर्वदेखि पश्चिमका विभिन्न नदीमा पानीको बहाव बढ्ने खतरा अनुमान गरी सर्तक रहन आग्रह गरेको छ ।

विभागले पूर्वमा झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराह, सर्लाही, धनुषा, महोत्तरी, रौतहट, नवलपरासी, कपिलबस्तु, रुपन्देही, दाङ, बाँके, बर्दिया कैलाली जिल्लावासीलाई सतर्क रहन आग्रह गरेको छ । यी जिल्लाबाट बहने प्राय सबै चुरेबाट बहने साना नदीहरूमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।

मौसम विभागका अनुसार कन्त्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली सबैमुख्य नदीहरुमा बहाब बढ्दो क्रममा छ । पश्चिममा मोहना, बबई, पश्चिम राप्ती आसपासका साना नदी जलाधारमा भारी वर्षा भइरहेको छ । यी क्षेत्रमा सतह खतराको संभावना रहेको विभागले जनाएको छ ।

त्यस्तै पूर्व तथा मध्य भागबाट बहने नदीहरू मेची, बिरिङ, निन्दा, बक्राहा, कन्काई, बुढीखोला, त्रियुगा, खाडो, गागन, लालबकैया, कमला, पुर्वि राप्ती, बागमती, लगायत चुरे आसपास बाट बहने सबै नदीहरूमा सतह सत तथा तह आसपास हुने र केहीमा खतरा भन्त्दा माथी हुने अनुमान विभागले गरेको छ । विभागका अनुसार भोलि कोसी, नारायणी, कर्णाली र महाकालीका शाखा नदीहरूमा बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ ।

यसैगरी महाभारत र चुरेबाट बहने पूर्वी र मध्यभागका नदीहरू विरिङ, कन्काई, कमला, खाडो, गागन, रातु, बागमती, लगायतमा भोलि सजग हुनुपर्ने महाशाखाले उल्लेख गरेको छ ।

 

प्रकाशित मिति: १८ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्