विराटनगरका अधिकांश स्थान जलमग्न


 


विराटनगर असार १८

विराटनगरको अधिकांश स्थान जलमग्न भएको छ । असार १५ यता देशका अधिकांश स्थानमा भारीबर्षा भईरहेको छ । यता विराटनगरमा गएराती देखि झरी परेका कारण विराटनगरको सडक हिलाम्मे र जलमग्न भएका छन् ।

विराटनगरको रोडशेष चोक उत्तरको सडक क्षेत्र डुवानमा परेको छ । दोहोरो आउ–जाउँमा समस्या भएको छ । मोटरसाईकल र साईकलहरु सडक पेटीबाट हिड्न बाध्य भएका छन् । अन्य सिटी रिक्सा, कार, बस लगायतका सवारी साधनहरु असहजका बिच संचालनमा रहेका छन् । विराटनगरको मुख्य बजार मानिएको हिमालय रोड पनि यतिबेला जलमग्न भएको छ । सडक पेटीसम्म पानी जमेको छ ।

सर्वसाधणलाई हिड्कुल गर्न झनै समस्यामा पर्न थालेका छन् । त्यति मात्र हैन दैनिकी गुजरा चलानेहरुलाई समेत समस्या भएको छ । लगातारको बर्षाले गर्दा यात्रुहरु नभेटिने र कमाई नै नहुने गरेको सिटी सफारी चालक केदार कार्कीले गुनासो गर्नुभयो ।

विराटनगरको हरेक स्थानमा अहिले सडक र नाला बनाउने काम भईरहेको बेला अधिकांश स्थानमा नालामा पानी बग्न नपाएका कारण सडक जलमग्न भएका छन् ।

प्रकाशित मिति: १८ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्