सुनचाँदीको मूल्य घट्यो, कति छ आजको भाउ


 


काठमाडौं, असार १८
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार तीन सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ६० रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला सात सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १८ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्