आत्मघाती बम आक्रमणमा कम्तिमा १९ जनाको मृत्यु


 


एजेन्सी, असार १८

अफगानिस्ताको पूर्वी शहर जलालावादमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मारिने अधिकांश शिख समुदायका मानिस रहेका छन् ।

राष्ट्रपति असरफ घानीसँग भेट गर्न जाँदै गरेका उनीहरु सवार गाडिमा बम विस्फोट गराइएको हो । राष्ट्रपति घानी दुई दिनका लागि जलालावादमा आउनुभएको थियो । मारिनेमध्ये स्थानीय शिख नेता अवतार सिंह खालसा पनि रहेका छन् ।

अवतार सिंह आगामी अक्टोबरमा हुने संसदीय चुनाव लड्ने योजनामा रहेको बताइएको छ । इस्लामिक स्टेटले घटनाको जिम्मेवारी लिएको छ ।

प्रकाशित मिति: १८ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्