देशैभरी वर्षा, सर्तक रहन आग्रह


 


काठमाडौं, असार १८

देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । मध्य तथा पश्चिम र चुरे क्षेत्रका केही ठाउँमा ठूलो वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै दिउँसोपख सुदूरपश्चिमको केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो ।
उहाँका अनुसार लगातार पानी परिरहेकाले ठूला नदीसँगै स–साना खोला तथा खहरेमा बाढीको सम्भावना छ । मनसुन देशभरी नै सक्रिय भएकोले दुई तीन दिन देशभरकै मौसम यस्तै रहने मौसमविदले बताएका छन् ।

केहीबेर मौसम खुलेजस्तो भए पनि फेरि झरी पर्ने मौसमविद् रिमालले बताउनुभयो । यसैबीच चुरे र महाभारतबाट बहने प्राय सबै नदीमा जोखिम बढेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

प्रकाशित मिति: १८ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्