अन्तिम चरणमा पूर्वाधार निर्माणको कामले तिव्रता


 


धनकुटा, असार १७

आर्थिक वर्ष सकिन लाग्दा धनकुटामा पूर्वाधार निर्माणको कामले तिब्रता पाएको छ । विगतमा जस्तै यो आर्थिक वर्षमा पनि अन्तिम चरणमा आएर मात्र पूर्वाधार निर्माणको कामले तिव्रता पाएको हो ।

धनकुटाको गाँउदेखि सहरसम्म यतिबेला पूर्वाधार निर्माणको काम गर्न भ्याइनभ्याइ छ । आर्थिक बर्ष बित्न लाग्दा सातै स्थानीय तहमा पुर्बाधार निर्माणको कामले आर्थिक बर्षको अन्त्यमा तिब्रता पाएको हो । आर्थिक बर्षको अन्त्यमा सबै योजना सम्पन्न गनै पर्ने भएपछि रकम फ्रिज हुने डरले धमाधम बिकास निर्माणका काम हुन थालेका हुन् ।

यो बर्ष जिल्लाका सात स्थानीय तहमा स्थानीय तह मार्फत साना ठुला गरि प्रति स्थानिय तह २ सय ५० भन्दा बढी योजना संचालनमा छन् । नयाँ संरचना अनुरुप साना र मझौला प्रकारका योजना सञ्चालन गर्ने जिम्मा स्थानीय तहले पाए पनि सो समयमै सञ्चालन गर्न नसेकेको गुनासो स्थानीयको छ ।

पहिले देखिनै आर्थिक बर्षको अन्त्य तिर योजना सञ्चालन गर्ने परम्परा तथा स्थानीय तह सम्बन्धि नियम कानुन समयमै बन्न नसक्दा पुरानै शैली परिवर्तन हुन नसकेको स्थानीयबासिन्दा सोभिस चेम्जोङ्ग बताउनुहुन्छ ।

प्रकाशित मिति: १७ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्