प्रचण्ड स्वदेश फर्किदै, कस्तो छ पत्नी सीताको स्वास्थ्य अवस्था ?


 


काठमाडौं, असार १७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किदैछन् । पत्नी सीता दाहालको उपचारका लागि दुई हप्ताअघि सिंगापुर गएका प्रचण्ड आज स्वदेश फर्किन लागेका हुन् । पत्नी सीताको स्वास्थमा सुधार आएको छ ।

श्रीमती दाहाल यही असार ३ गते उपचारका लागि अध्यक्ष दाहालसँग सिङ्गापुर गएका थिए । जलचिकित्सा र चिकित्सकको सुझावअनुसारको औंषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको छ । तीन महिनापछि उनी पुनः जाँचका लागि सिङ्गापुर जानुपर्ने छ ।

उनीसँगै गएकाछोरी गंगा र भतिजा समीर यही असार १० गते नै फर्किसकेका छन् । यसअघि सीताको नयाँ दिल्लीमा सीताको उपचार गरिएको थियो ।

छोरा प्रकाशको निधनपछि कमजोर हुँदै गएकी सीताको स्वास्थ्यमा समस्या देखिन थालको हो । उनलाई उच्च रक्तचाप, मधुमेहजस्ता समस्या रहेको बताइएको छ ।

प्रकाशित मिति: १७ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्