एकै परिवारका ११ जनाको शव झुण्डिएको अवस्थामा फेला


 


एजेन्सी, असार १७

नयाँ दिल्लीस्थित बुराडीको सन्तनगर इलाकामा ११ जनाको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।  एकै परिवारका ७ महिला र ४ जना पुरुषको शव फेला परेको हो ।

प्रहरीका अनुसार सबै शव झुण्डिएको र सबैको आँखा तथा मुखमा पट्टी बाँधिएको छ ।मृतकका छिमेकीले उनीहरुको आँगनमा केही शव झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनास्थलमा पुग्दा ढोका खुल्लै भएको र केहि शव आँगनमा झुण्डिएको जालमा अवस्थामा थिए भने केही शव घरभित्र पंखामा झुण्डिएका थिए ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा यसलाई आत्महत्या भएको अनुमान गरे पनि थप अनुसन्धान जारी रहेको बताएको छ

प्रकाशित मिति: १७ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्