एकै घरबाट ११ शव फेला, आत्महत्याको आशंका


 


नयाँ दिल्ली, असार १७
भारतको राजधानी नयाँदिल्लीको बुराडीमा प्रहरीले एकै घरबाट ११ शव फेला पारेको छ । जुन घटनाले सबैलाई अचम्मित पारेको छ ।

प्राप्त शवमा सात महिला र चार पुरुष छन् । फिर्निचरमा काम गर्दै आएका परिवारले के कारणले ज्यान गुमाए भन्ने खुल्न सकेको छैन । प्रहरीले आत्महत्याको आशंका गरेको छ ।

घटनास्थलमा निकै भिड लागेको छ । पछिल्लो पटक बुरडारी इलाकामा अपराधि क्रियाकलाप भइरहेको छन् ।

प्रकाशित मिति: १७ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्