दक्षिण सिरियामाथिको सैन्य गतिविधिप्रति राष्ट्रसंघको ध्यानाकर्षण


 


संयुक्त राज्य अमेरिका, असार १७

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुथ्रेसले दक्षिणपश्चिम सिरियामा भइरहेका सैन्य गतिविधि रोक्न सम्बन्धित पक्षसँग आग्रह गर्नुभएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गरी उहाँले दक्षिणपश्चिमी सिरियामा भइरहेका सैन्य गतिविधि ‘तत्काल रोक्न’ आग्रह गर्नुभएको हो ।

यस क्षेत्रमा पछिल्ला केही दिन यता सरकारी फौजले विद्रोही नियन्त्रित क्षेत्रमा सुरक्षा कारबाहीलाई कडा पारिएको छ जसका कारण यहाँका करिब १०० सर्वसाधारणले ज्यान गुमाएका छन् ।

सिरियामा भएका पछिल्ला कारबाहीबाट ठूलो सङ्ख्यामा सर्वसाधारणको मृत्यु भएकोप्रति राष्ट्रसंघ प्रमुख चिन्तित बनेको उहाँका प्रवक्ता स्टेफेन दुजारिकले बताउनुभयो ।

महासचिव गुथ्रेसले सरकारी सुरक्षा कारबाही भएको दक्षिणपश्चिम क्षेत्रलाई जोर्डन, रूस र संयुक्त राज्य अमेरिकाबीच द्वन्द्वरहित क्षेत्र बनाउन सहमति भएको ध्यानाकर्षण गराउनुभएको छ । रासस÷एएफपी

प्रकाशित मिति: १७ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्