प्रदेश नम्बर २ मा छुट्टै प्रहरी बनाइने, यस्तो बन्यो कानून


 


काठमाडौं, असार १७
प्रदेश २ मा छुट्टै प्रहरी संगठन बनाइने भएको छ । जसका लागि प्रदेश सरकारले आफ्नो प्रदेशका लागि बेग्लै प्रहरी भर्नासम्बन्धी कानूनको तयारी गरेको छ ।

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रहरी सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभामा प्रस्तुत गरेका छन् । अन्नपूर्णमा खबर छ ।

प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षाको विषय प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने हुनाले प्रदेश प्रहरी सेवासम्बन्धी कानून व्यवस्था गर्न विधेयक पेस गरिएको हो ।

प्रकाशित मिति: १७ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्